Advertisement

कतारका राजा आज नेपाल आउँदै, राष्ट्रपतिले विमानस्थलमै स्वागत गर्ने, सरकारले दियाे सार्वजनिक बिदा

0 3

Advertisement

११ बैशाख, काठमाडौँ । आज कतारका राजा नेपाल आउँदैछन् । मंगलबार साँझ ५ः३५ मा काठमाडौं आइपुग्ने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सफल पार्न सरकारी संयन्त्रहरू आवश्यक तयारीमा जुटेका छन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने जनाइएको छ ।

कतारबाट पहिलोपटक उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने पटकपटक उच्चस्तरीय भ्रमण भइसकेका छन् । सबैभन्दा पहिला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १९९८ मा कतारको भ्रमण गरेका थिए । त्यसपछि २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले कतारको भ्रमण गरेका थिए भने राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको भ्रमण गरेकी थिइन् ।

अमिरको भ्रमणका अवसरमा गरिने सम्झौता तथा समझदारीका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । उनले कतारसँग गरिने सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षरबारे तयारी भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारी अमिरबीच द्विपक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनसक्नेसमेत जनाइएको छ । यसैबीच कतारका राजाकाे नेपाल भ्रमणकाे अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे छ । सरकारकाे याे निर्णयकाे भने सामाजिक संजालमा व्यापक विराेध भइरहेकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.