Advertisement

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा परिवार तथा साथीभाइबिच रमाइलो गर्न होमस्टेमा पर्यटकको चाप

0 14

Advertisement

३० चैत्र, काठमाण्डौँ । नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।

नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ । यो समयमा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत पर्यटकीय गन्तव्यको भ्रमणमा निस्कन्छन् ।

‘अमलटारी मध्यवर्ती होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारूले जिल्लाको ‘अमलटारी मध्यवर्ती होमस्टे’ मा पछिल्लो समय परिवार, साथीभाइबिच रमाइलो गरी नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “होमस्टे सञ्चालन भएको पाँच वर्षको अवधिमा होमस्टेमा हालसम्म एक लाख १० हजार पर्यटकले भ्रमण गरेका छन् । थारू समुदायद्वारा सञ्चालित होमस्टेमा दैनिक रूपमा करिब एक सय पर्यटक जङ्गल सफारीका लागि आउने गरेका छन्, जसमा विदेशी पर्यटक बाससमेत बस्ने गर्छन् ।”

उहाँका अनुसार चैतमा मात्र तीन हजार पर्यटक आइसकेका छन् । नयाँ वर्षको अवसरमा होमस्टेमा घुइँचो हुने गरेको छ । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बनेको उहाँको भनाइ छ ।

चिलाह होमस्टे व्यवस्थापन समितिका अध्यक्ष धनीराम गुरौले होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको बताउनुभयो । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ ।

संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकले अहिले होमस्टे भरिभराउ भएको गुरौ बताउनुहुन्छ । होटल व्यवसायी नवलपुरका अध्यक्ष सन्तोष रानाले मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो ।

अध्यक्ष रानाले भन्नुभयो, “अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन्,” उहाँले भन्नुभयो, “यसले नवलपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ठुलो सहयोग गर्ने विश्वास लिएका छौँ ।

साथै पछिल्लो समय आर्थिक रूपले समस्यामा परेका पर्यटन तथा होटल व्यवसायीलाई आर्थिक रूपमा बलियो बनाउन ठुलो राहत दिने आशा पलाएको छ ।” आर्थिक तथा पर्यटन विकास मात्र नभएर जैविक पर्यापर्यटनका गतिविधि बढ्नाले यसले संरक्षणको क्षेत्रमा थप टेवा पु¥याउने उहाँको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.