Advertisement

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितहरुसँग छलफल गर्न सरकारलाई सांसद केसीको ध्यानाकर्षण

0 9

Advertisement

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइट  प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितहरुसँग सरकारले पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौं उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समिति सँग यथाशिघ्र वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए।

उनले सरकारले सहमतिको बाटो निकाल्न नसकेमा आन्दोलन गम्भीर रुपमा अगाडि बढ्ने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.