Advertisement

आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम

0 21

Advertisement

२१ चैत, काठमाडाैं । जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यावसायिक रुपमा आलु उत्पादन गरिँदै आएको छ । त्यस क्षेत्रमा ६० घरपरिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध छन् ।

यहाँका किसानले पाँच हेक्टर जमिनमा आलुखेती गरेर वार्षिक ९० मेट्रिकटनभन्दमा बढी आलु उत्पादन गर्दै आएको स्थानीय किसान मेघराज गिरीले जानकारी दिए । बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेका छन् । उनको बारीमा र खेतमा गरेर यसपटक २० क्विन्टलभन्दा बढी आलु उत्पादन भएको छ । आलुसँगै उनले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्छन् ।

टाहाटिमका किसानहरु यतिबेला खेतमा आलु खन्न व्यस्त छन । गत वर्षको तुलनामा यसपटक आलुले राम्रै बजार पाएको स्थानीय किसान मेघलाल गिरीले बताए । उनका अनुसार अहिले स्थानीय बजारमा प्रतिकिलो रु ४० मा धमाधम आलु बिक्री भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको छ । बम्घाको टाहाटिममा दुई वर्षअघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रले बीउ, मल, विषादी, मेसिन, सिँचाइ र बीउ सङ्कलन केन्द्रसम्म पु¥याउन ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । बम्घाको टाहाटिमका किसान पूर्खाँैदेखि आलुखेती गर्दै आइरहेका छन् ।

आलु खेतीका लागि उर्वरभूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्य रुपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ । बम्घामा भने कमिलोभन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताइएको छ ।

कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका– १ अन्तर्गत भर्माचौर, सत्यवती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र बनाइ व्यावसायिक रुपमा आलु र आलुको बीउ उत्पादन गर्दै आइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.