Advertisement

पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न

0 20

Advertisement

१५ चैत, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो दिन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । बिहीबारदेखि सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको उनको भनाइ छ । यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेका थिए । जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको हो । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरू सहभागी भएका हुन् ।

दैलेखमा भने एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । ती बाहेक अन्य क्षेत्रमा शान्तिपूर्ण तरिकाबाट परीक्षा सञ्चालन भएको पौडेलले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.