Advertisement

नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा

0 8

Advertisement

१५ चैत, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । साधारण सभा शुक्रवारदेखि सुरु हुने महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

२५ औँ वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिए ।

उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहने बताए । साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरू राखिने बताए । २५ औँ साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण हुने लक्ष्य लिएको बताए । उनले निर्माण उद्योगमा देखिएको चुनौतीका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास बिस्तारका लागि साधारण सभाले गरेका महत्त्वपूर्ण निर्णयहरू लिपिबद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरूको उपस्थिति रहने बताए । उनले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासङ्घको मुख्य चुनौती रहेको बताए ।

उनले सरकारले आफूले गर्ने निर्णयहरू समयमा नगर्ने र राजनीतिक नेतृत्वहरू परिवर्तन हुने बित्तिकै सरकारी कर्मचारीको परिवर्तन हुने, योजना प्रमुख परिवर्तन हुने र गैर जिम्मेवार रूपमा निर्णयहरू हुने कारणले गर्दा काम समयमा सम्पन्न हुन नसकेको जिकिर गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.