Advertisement

आज फागु पूर्णिमा : हिमाल तथा पहाडी जिल्लामा हाेली खेलेर मनाइँदै

0 26

Advertisement

राजेन्द्र तिवारी

११ चैत, काठमाडौँ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ।

फागु पूर्णिमा (पहाडी जिल्ला)

होली हे नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् । अनि छुनै पर्छ पनि । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।

किन तराइ र पहाडको होली फरक फरक दिन हुन्छ ?

मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ । आज पहाडको होली हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.