Advertisement

‘कुमारी सबल योजना’ को ७ करोड ४४ लाख इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने

0 14

Advertisement

०६ चैत, काठमाडाैं । कुमारी सबल योजना ७ करोड ४४ लाख ७५ हजार ७० कित्ता इकाई मंगलबार नेप्सेमा सूचीकृत भएको छ । फन्डको दोस्रो बजारमा इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ कारोबार संकेत दिएको छ ।

कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’ ले गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये २५.५२ प्रतिशत इकाई अवितरित भएको थियो ।

बिक्री भएको ७४.४८ प्रतिशत बराबरको कुमारी सबल योजनाको इकाई मात्र आज नेप्सेमा सूचीकरण गरिएको हो । सूचीकरण सम्झौतामा आज नेप्से र कुमारी क्यापिटलबीच सहमति भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको इकाईमध्ये धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो । मंगलबार सूचीकृत भएसँगै म्युचुअल फन्डको इकाई भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कुमारी सबल योजनाको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.