Advertisement

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

0 13

Advertisement

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा नै ओपनिङ रेञ्ज हो ।

बजारमा नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका लागि हाल कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र सोको अधिकतम ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तोकिने गरेको छ । तर बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा के गर्ने भन्ने विषयमा नेप्से सञ्चालक समितिमा पनि छलफल भएको थियो ।

अंकित मूल्य १ सयमा जारी भएका सेयरका लागि दोस्रो बजारमा पहिलो कारोबार हुँदा अधिकतम मूल्य प्रतिसेयर नेटवर्थको ३ गुणासम्म दिइने गरेको छ । यहीं व्यवस्था बुक बिल्डिङ विधिबाट आउने सेयरका लागि उपयुक्त हुने /नहुने विषय अझै पनि वहसमै छ । तर नेप्से बोर्ड बैठकले हाललाई कुनै पनि निर्णय नगरेकाले पुरानै व्यवस्थाअनुसार मूल्य तय हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको थियो । सो कम्पनीको आईपीओ सम्भवतः आउने साता दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु हुनेछ । बुक बिल्डिङ विधिबाट जारी हुने सेयरका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने विषयमा हाललाई कुनै निर्णय भइ नसकेको पराजुलीले बताए । ‘बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने भन्ने विषयमा बोर्डबाट कुनै निर्णय भएको छैन, त्यसकारण हाललाई पुरानै व्यवस्थाअनुसार मूल्य सीमा तय हुनेछ’ उनले भने ।

सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ । यहीं प्रतिसेयर नेटवर्थलाई मान्यता दिइँदा नेप्सेले बजारमा यस कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम मूल्य १८५ रुपैयाँ १९ पैसादेखि अधिकतम मूल्य ३ गुणा अर्थात् ५५५.५७ पैसासम्म तय गर्नेछ । बजारमा पहिलो पटक कम्पनीको सेयर कारोबार हुँदा सोही मूल्यसीमाभित्र कारोबार हुनेछ ।

पहिलो कारोबार जति मूल्यमा हुन्छ, त्यसपछिका कारोबारमा सो मूल्यलाई आधार मान्दै २ प्रतिशत मात्रै घटबढ हुन सक्ने व्यवस्था छ । दिनभरमा भने १० प्रतिशतसम्म मूल्य घटबढ हुन सक्छ ।

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ जारी गरेको थियो । गत शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भइसकेको छ । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.