Advertisement

कोका-कोलाको ‘काठमाडौं इज कुकिङ’ हुँदै

0 12

Advertisement

२९ फागुन, काठमाडौं । कोका-कोलाले चैत २ गते ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । कम्पनीका अनुसार ‘इज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो, जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । कार्यक्रम कोका-कोलाको ग्लोबल ब्राण्ड प्लेटफर्म ‘रियल म्याजिक’ अन्तर्गत नै पर्न आउँछ । यस वर्षको काठमाडौं इज कुकिङ ऐतिहासिक हुने कम्पनीको दाबी छ ।

कार्यक्रममा चर्चित भारतीय गायक पापोनलगायत नेपाली चर्चित ब्याण्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एण्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । कम्पनीका चन्द्रिका कालियाले भन्नुभयो, ‘यस कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ‘काठमाडौं इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरू देख्न पाइनेछ । नेपाली समुदायका विभिन्न जीवन्त भावनालाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।’ काठमाडौं इज कुकिङले नेपालको संगीत र सबैको मन पर्ने परिकार मोस्मोको कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरूझैँ सफल हुने कम्पनीले विश्वास लिएको छ ।’ कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरको सहभागिता रहने बताइएको छ ।

बोटलर्स नेपालका एमडी दीपक सेन्थिल नाथले भन्नुभयो, ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण नेपालमा कोका-कोलाको यात्राको एउटा महत्वपूर्ण कोशेढुंगाका रूपमा स्थापित हुनेछ । यस कार्यक्रममार्फत् हाम्रा उपभोक्ताका लागि अतुलनीय क्षण सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’ काठमाडौं इज कुकिङ फोहोररहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । कार्यक्रमले कोका-कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.