Advertisement

विश्वकै महँगो सेयर, एक कित्ताकै मूल्य साढे ८ करोड !

0 30

Advertisement

१५ फागुन, काठमाडौँ । सेयरमा लगानीलाई केहीले जुवासँग पनि तुलना गर्छन् । तर सेयरमा लगानी गरेरै मालामाल हुनेहरू उल्लेख्य छन् । 

सेयरको भाउ बढी नै आकासियो भने लगानीकर्ताहरूले त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न कम गरिदिन्छन् । क्रेतालाई सेयर किन्न सहज होस् भनेर विश्व बजारमा सेयर मूल्य उच्च बिन्दुमा पुगेपछि कम्पनीहरूले सेयर टुक्र्याउने अर्थात् स्टक स्पिलिट गरिदिने चलनसमेत छ ।

तर केही यस्ता कम्पनी पनि छन् जसको मूल्य सुन्दै हामी जिब्रो टोक्छौँ । उच्च सेयर मूल्यले पनि यी कम्पनीलाई कुनै असर परेको छैन । जुन कम्पनीको एक कित्ता सेयर मात्रैले पनि व्यक्तिलाई लखपति/करोडपति बनाइदिन्छ ।

बर्कशायर ह्याथवे

यो विश्वको सबैभन्दा महँगो सेयर हो । कम्पनीको सेयर यति महँगो भयो कि कम्पनीले सेयर बजारमा तुलनात्मक रूपमा सस्ता सेयर नै लन्च गर्नुपर्‍यो । सेयर बजारमा बर्कशायरको २ थरी सेयर छन् । ओरिजिनल सेयर बर्कशायर सिरिज–१ हो । यो सेयरको एक कित्ताकै मूल्य ६ लाख ४५ हजार डलर छ । नेपाली रुपैयाँमा भन्दा एक कित्ताको मूल्य ८ करोड ५७ लाख ३९ हजारभन्दा बढी हुन आउँछ ।

चोकोलादेफेब्रिकेन लिंट एन्ड स्प्रंगली एजी

विश्वको दोस्रो महँगो सेयर चोकोलादेफेब्रिकेन लिन्ट एन्ड स्प्रंगली एजीको छ । यो स्विटजरल्याण्डको चकलेट कम्पनी हो । यसको सेयर मूल्य प्रतिकित्ता १२ हजार २७१ डलर छ । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम प्रतिकित्ता १६ लाख ३१ हजार हाराहारी हुन आउँछ ।

एनभीआर

सूचीको तेस्रो स्थानमा घर बनाउने कम्पनी एनभीआर रहेको छ । यो कम्पनीले घर बनाउने, मार्केटिङ गर्ने र होम लोन दिने जस्ता काम गर्छ । यो कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ हजार ५६९ रहेको छ । यो भनेको करिब प्रतिकित्ता १० लाख ६ हजार नेपाली रुपैयाँ हो ।

बुकिङ होल्डिङ्स

ट्राभल रिजर्भेशन साइट बुकिङ डट कम र प्राइसलाइनको मालिक हो बुकिङ होल्डिङ्स । यी दुबै कम्पनी ट्राभल उद्योगका चर्चित कम्पनी हुन् । रेस्टुरेन्ट रिजर्भेसन कम्पनी ओपनटेबल पनि बुकिङ होल्डिङ्सकै सहायक कम्पनी हो । यो कम्पनीको एउटै सेयरको मूल्य ३ हजार ४९९ डलर (करिब ४ लाख ६५ हजार नेपाली रुपैयाँ) रहेको छ ।

सीबोर्ड

यो सुँगुरको मासु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । यो अमेरिकाको सबैभन्दा ठुलो कृषि सामाग्री उत्पादक कम्पनी हो । यसले मध्य र दक्षिण अमेरिकाका साथै क्यारिबियन देशमा ढुवानी सेवा पनि सञ्चालन गरिरहेको छ । यो कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ४६५ डलर रहेको छ । यो रकमलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा प्रतिकित्ता ४ लाख ६० हजार रुपैयाँ हुन आउँछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.