Advertisement

महोत्सवमा गायक बमको धमाकेदार प्रस्तुति

0 21

Advertisement

०६ फागुन, तुलसीपुर । तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका
संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

गायक चक्र बमले ‘लालवाला कुर्ती नला ओए काजल, पहाडिया बिगर गइल’लगायतका दर्जनबढी गित गाएर दर्शकलाई मनोरञ्जन दिए । आफ्ना सबैजसो गितमार्फत युवापुस्तामा आफ्नो प्रभाव जमाउन सफल बमले तुलसीपुरका दर्शकमाझ पनि
धमाकेदार प्रस्तुति राखेर उत्तिकै माया बटुले । देउडा तथा टप्पा गितमार्फत आफ्नो पहिचना बनाउन सफल गायक बमका सबैजसो गितहरु भाइरल छन् ।

त्यस्तै ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’लगायतका गितमार्फत गोविन्द मधुर आचार्यले पनि दर्शकको माया बटुले भने दिन ढल्दै गर्दा आएकी कोमल ओलीले ‘तुलसीपुरमा म जाँदा खेरी, भेट भयो गज्जबको तन्नेरी’ बाट दर्शकहरुलाई पुनः उत्साहित गराइन भने ओलीले लामो समयपछि ‘बाँझो खेतमा छड्के सलाम छ, मायालाई पहिलो भेटमा’ गायर बिदा भइन ।
आइतवार दिनभर स्टलहरुमा किनमेल पनि उत्तिकै चल्यो । महोत्सव समापनको दिन नजिदिदै गर्दा महोत्सवको सांगितिक, तृत्य तथा अभिनयको अवलोकनसँगै दर्शकहरुले किनमेललाई पनि प्राथमिकता दिएका छन् । स्टलहरुमा प्रायजसो दैनिक उपभोग्य वस्तु घरायसी सामग्री तथा लत्ताकपडाका व्यवसाय बढ्दो छ ।

सोमबार गायिका टीका पुन, ऋतु कँडेल, उमादेवी खनाल, गायक प्रेम विवस घर्ती, प्रेमप्रकाश वलीलगायतका कलाकारहरुको प्रस्तुति रहने प्रेस संयोजक शरद रेग्मीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.