Advertisement

प्रिज्मा टीभीको प्रशारण सुरु, सिरिज मात्रै प्रशारण हुने

0 42

Advertisement

०३ फागुन, काठमाडाैं । नेपाली आकासमा प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रशारण सुरु भएको जानकारी दिइएको हो ।

यो टेलिभिजनबाट सिरिज मात्रै प्रशारण गर्ने जानकारी दिइएको थियो । विधागत रुपमा प्रशारण हुन लागेको नेपालकै पहिलो च्यानल भएको जानकारी संचालकले दिएका छन् । कार्यक्रममा कलाकार नीर शाहले यो टीभीले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे ।

यो टेलिभिजनबाट विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपालीमा डबिङ गरेर प्रशारण गर्ने जानकारी दिइएको थियो ।

टेलिभिजनका प्रमुख निर्जल श्रेष्ठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्य लिएर सिरिजको माध्यम अपनाइएको बताए । विभिन्न सिरिजहरू प्रशारण गरेर टेलिभिजनको परिचय फराकिलो बनाउने उद्देश्य आफूहरूको रहेको उनको भनाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.