Advertisement

टुँडिखेलमा सोनाम ल्होछार उत्सव (तस्वीरहरु)

0 35

Advertisement

सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् ।

२७ माघ, काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।

सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् ।

ल्होछारमा तामाङ समुदायलाई शुभकामना दिँदै ज्यापु संस्कृति विकास कोष र त्यंग: त्वा: खल: ले पनि र्‍याली निकालेको छ ।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।

हेर्नुहोस् तस्वीरहरु



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.