Advertisement

उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो

0 61

Advertisement

२७ माघ, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो ।

सङ्घका अनुसार गत माघमा प्रतिकेजी ६५ देखि ७० रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८० रुपियाँमा कारोबार भएको छ । यस्तै मैदा प्रतिकेजी ६५ रुपियाँबाट ११० रुपियाँसम्म पुगेर अहिले घटेर प्रतिकेजी ७५ रुपियाँमा किनबेच भइरहेको छ । सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । चामल, दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उहाँको भनाइ छ ।

असन चोकमा खुद्रा व्यापार गर्दै आएका खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले अधिकांश खाद्य वस्तुको भाउ महँगो भएकाले उपभोगमा ठुलो ह्रास आएको अनुभव सुनाउनुभयो । वर्षौंदेखि सोही चोकमा व्यापार गर्दै आएका तुलाधरले भन्नुभयो, “हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर दुई/दुई केजीमा सीमित गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो ब्रान्डको चामल किन्न थालेका छन् ।” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.