Advertisement

नेपालकाे ईतिहासमा काे थिए जङ्गबहादुर राणा?

0 15

Advertisement

२१ माघ, काठमाडौं । महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४; जङ्गबहादुर राणाको रूपमा लोकप्रिय) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए।

वि.सं. १९०३ सालमा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।

वि.सं. १९१३ साउन १८ मा जङ्गबहादुरले मुख्तियार पदबाट राजिनामा दिएर श्रावन २४ गते राजा सुरेन्द्रबाट कास्की र लमजुङको श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो। श्री ३ महाराजको लागि श्रीपेच बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए।

नेपालले अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।

वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ। नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। बेलायत र फ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए।

प्रारम्भिक जीवन तथा परिवार

जङ्गबहादुर राणाको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँची वाङ्ला मथुराबेशिमा भएको थियो। उनको बुवा काजी बालनरसिंह कुँवर थिए भने आमा गणेशकुमारी थिइन्। उनको जन्मको नाम बीरनरसिंह कुँवर थियो।

काजीको छोरा भएको कारणले उनको बाल्यकाल सम्पन्न तरिकाले नै बितेको थियो। उनको बुवा तत्कालीन राजा रणबहादुर शाहको अङ्गरक्षक थिए। उनको परिवार तत्कालीन नेपालको प्रधानमन्त्री भीमसेन थापाको नातेदार पर्थ्यो। उनकी आमा माथवरसिंह थापाकी सहोदर बहिनी र महारानी ललितत्रिपुरासुन्दरीकी दिदी थिइन्।

पूर्वज

उनको बुबा काजी बालनरसिंह कुँवर दरबारमा रहिरहदा तत्कालीन राजा रणबहादुर शाहको उनको आफ्नै सौतेनी भाइ शेरबहादुर शाहले हत्या गरेका थिए जसको प्रतिउत्तरको क्रममा बाल नरसिंहले शेरबहादुर शाहलाई घटनास्थलमै मारेका थिए।

यस साहसिक कार्यका लागि उनलाई ‘काजी’ पद शीर्षकबाट पुरस्कृत गरियो, जसपछि यो प्रशासनिक पद उनको परिवारमा परम्पराको रूपमा कायम भयो। उनी दरबारमा हतियार लिएर जाने एकमात्र व्यक्ति थिए। उनी काजी रणजीत कुँवरका नाति र सरदार रामकृष्ण कुँवरका पनाति हुनुका साथै राजा पृथ्वीनारायण शाहको समयमा एक प्रभावशाली सैन्य अधिकारी थिए। जङ्गबहादुरकी आमा गणेशकुमारी मार्फत उनी थापा वंशका मुख्तियार भीमसेन थापासँग सम्बन्धित थिए, जसले उनलाई सानै उमेरमा शाही दरबारमा प्रवेश गर्न मद्दत गर्‍यो।

आफ्नो मावली हजुरआमा मार्फत उनी प्रतापी पाँडे वंशसँग सम्बन्धित थिए किनकि वहाँको बुवापट्टिकी हजुरआमा राना कुमारी एक प्रभावशाली शाही दरबारी ‘काजी’ रणजीत पाँडेकी छोरी थिइन्।

प्रारम्भिक जीवन

जङ्गबहादुर ११ वर्ष छँदा काजी प्रसादसिंह बस्न्यातकी भित्रिनी पट्टिकी छोरी प्रसादकुमारीसँग कुमारग्रह उतारी विवाह भएको थियो। नेपाल दरबारमा भीमसेन थापाको पतन भएपछि बालनरसिंहको जागिर खोसिएको थियो। परिवारको बिचल्ली भएसँगै सो कठिन समयमा जङ्बहादुरको जुवाको लतले गर्दा भएभरका पारिवारिक धनसम्पति नाश भएको थियो। अन्त्यमा उनको बुवा काशी जान वाध्य भएका र दुःख गरेर कमाएको सम्पति लिएर वि. सं. १८९६ मा काठमाडौँ फर्कदा उनकी पत्नी मरिन् र वि. सं. १८९९ मा बालनरसिंह कुँवर पनि चिन्तैचिन्ताले मरेका थिए।

जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा राजेन्द्र शाहबाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नको लागि अनेकौं वीरता देखाए, जसमा वि.सं. १९९८ मा दहचोक जङ्गलमा चितुवा काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली देवीघाटको झगडा मिलाउने, तत्कालीन युवराज सुरेन्द्रको आठपहरिया छँदा त्रिशुली बजार भ्रमणका सिलसिलामा त्रिशूलीमा हामफाल्ने, वि.सं. १८९९ वैशाखमा बाह्रवर्षे इनारमा हामफाल्ने लगायतका काम गरेका थिए।

आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुरपनका कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.