एशियन लाइफ इन्सोरेन्सको लाभांश घोषणा
१४ माघ, काठमाडाैं । एशियन लाइफ इन्सोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट सेयरधनीहरुलाई ८.१५७८ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले सेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१५७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।