Advertisement

केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहेका छन् : चिनियाँ नेता हाइयान

0 20

Advertisement

१४ माघ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।

काठमाडौंमा राजनितिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं,’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘

अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ ।

उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

नेपालमा नीतिगत सुधारको खाँचो रहेको उनले बताइन् । नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने उनको सुझाव छ ।

नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्याहरु रहेको भन्दै उनले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् ।

उनले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्नुपर्ने बताइन् । साथै, नेपालको चाहना चिनियाँ छात्रवृत्ति धेरैभन्दा धेरै दिओस् भन्ने रहेको र त्यसमा छलफल गर्ने उनले बताइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.