Advertisement

१० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर, सचिव भुसाल र झालाई तीन-तीन महिना कैद

0 26

Advertisement

१२ माघ, काठमाडौं । विशेष अदालत काठमाडौंले मधेस प्रदेशले अघि सारेको महत्वकांक्षी साइकल खरिदको योजनामा भ्रष्टाचार भएको ठहर गरेको छ। विशेष अदाललते उक्त साइकल खरिदमा कैफियत देखिएको भन्दै तत्कालीन प्रदेश सचिव सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गरेको छ।

उनीहरुकै संलग्नतामा खरिद गरि राज्यलाई नोक्सान पुर्‍याएको देखिएको भन्दै सर्वोच्चले यस्तो ठहर गरेको हो।

मधेस प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मधेस सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैदको फैसला सुनाएको छ।

मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि खरिद भएका साइकलको गुणस्तरमाथि प्रश्न उठेको थियो। प्रदेशका छात्राहरूलाई विद्यालय जान भनी कम्पनी नखुलाई खरिद गरिएको साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला आएको हो । फैसलामा मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद फैसला भएको छ। साथै, दुवैलाई दश–दश हजार रुपैयाँ जरिवानाको पनि फैसला भएको छ।

८ माघदेखि लगातार तीन दिनसम्म सुनुवाइ भएको मुद्दामा इजलासले चौथो दिनको सुनुवाइपछि फैसला सुनाएको हो। आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुई वटा मुद्दा दायर गरेको थियो। पहिलोमा मुद्दामा यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, रामस्वार्थ महतो, जितमोहनकुमार दास, रेनु अग्रवाल, श्री ओम सत्यसाई प्राइभेट लिमिटेड प्रतिवादी थिए।

त्यसैगरी, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरू उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र भगवान झामाथि पनि अख्तियारले मुद्दा दायर गरेको थियो। यसमा भने सबैले सफाइ पाएका छन्।

यसैगरी, दोस्रो मुद्दामा भगवान झा, दिलीपकुमार प्रधान, सुरेन्द्रकुमार कर्ण, राजाराम मण्डल प्रतिवादी थिए। उनीहरू चारैले मापदण्ड नपुग्दासमेत बदनियतपूर्ण भूमिका खेलेकाले मुद्दा चलाएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.