Advertisement

राष्ट्रिय सभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागु

0 12

Advertisement

०२ माघ, काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागु हुने भएको छ।

मंगलबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागु गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बनिधत निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ।

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्तिलगायतलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक कार्यक्रम आदि गर्न नहुने व्यवस्था आयोगले गरेको छ।

निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् माघ ८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भनेको छ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको ३०० मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन गराउन नहुने पनि आयोगले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.