Advertisement

साढे ७ अर्बमा काठमाडौंको तिनकुनेमा इन्टरनेशनल हस्पिटल निर्माण हुँदै

0 43

Advertisement

१४ पुस, काठमाडौं । काठमाडौंको तीनकुनेमा काठमाडौं इन्टरनेशनल हस्पिटल निर्माणधिन अवस्थामा रहेको छ । चितवन मेडिकल कलेजका र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई डाक्टरहरको पहल उक्त हस्पिटल निमार्ण भइरहेको हो ।

हस्पिटल निर्माण लागत कुल ७ अर्ब ४६ करोड ३० लाख रहेकोे । कुल लगानी मध्ये ७५ प्रतिशत हिस्सा कर्जा आधारित रहेको छ भने २५ प्रतिशत सेयरहोल्डरहरुको लगानी रहेको छ । सन् २०२३ को जुलाई महिनासम्मको अभिलेख अनुसार हस्पिटल निर्माणका लागि जग्गा अधिग्रहणको काम सक्किएको छ भने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

तीन सय सैया क्षमताको उक्त हस्पिटलमा प्रोफेसर डाक्टर हरिसचन्द्र न्यौपाने र गोपेन्द्र प्रसाल डिओको लगानी रहेको छ । डा. न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष हुन् भने डा. डिओ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विभागीय प्रमुख तथा असोसिएट प्रोफेसर हुन् । यसरी दुई डाक्टरहरुको लगानीमा तिनकुनेमा अत्याधुनिक सेवा सुविधा युक्त हस्पिटल निर्माण हुँदै छ ।

कुल २७ हजार ७२६ वर्ग मिटर जग्गामा निर्माण भइरहेको उक्त हस्पिटलमा हेलिप्याडको सुविधा समेत हुनेछ । सन् २०२५ को जुलाई महिनादखि काठमाडौं इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने प्रारम्भिक आकलन रहेको छ ।

हस्पिटल निर्माण समितिले ५ अर्ब ६५ करोड कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५ अर्ब ५६ करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ८ करोड ८० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ।

यससँगै पछिल्लो समयमा काठमाडौंमा स्थापना भएका सुविधा सम्पन्न हस्पिटलहरुको सूचीमा अर्को हस्पिटल जोडिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिस्पर्धा गर्न हस्पिटल सफल हुन्छ वा हुँदैन भन्ने प्रश्न यथावत् नै रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.