Advertisement

टाटा मोटर्सका शोरुममा ‘म्याक्सचेञ्ज’ मेला

0 30

Advertisement

१५ मंसिर, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘म्याक्सचेञ्ज’ मेला कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

१५–१७ मंसिरसम्म थापाथली, सल्लाघारीका साथै देशभरका टाटा मोटर्सको शोरुममा मेला आयोजना भइरहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सले भारतमा हरेक तीन महिनामा मूल्य समायोजन गर्ने भएता पनि विगत केही समयसम्म मूल्य बढाएको भने छैन । नयाँ वर्षदेखि टाटा कारहरुको मूल्य बढ्न सक्ने प्रबल सम्भावना भएकोले टाटाको नेक्सन ईभी किन्ने सोचमा हुनेहरुले भने यो मेलाको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.