Advertisement

तिहारका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु

0 21

Advertisement

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले आइतबारदेखि असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ।

सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य हरेक दिन परिमार्जन हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.