Advertisement

ओरियण्टल होटल्सको लाभांश वितरण

0 37

Advertisement

१३ कार्तिक, काठमाडाैं । ओरियण्टल होटल्स लिमिटेडले लाभांश वितरण गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९–८० बाट वितरण गरेको करसमेत ५.२७ प्रतिशत नगद लाभांश दशैंअघि नै वितरण गरेको हो ।

कम्पनीको असोज २५ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश पारित गरेको थियो । अघिल्ला तीन आर्थिक वर्षमा लाभांश वितरण नगरेको होटलले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको आधारमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि होटलले असोज १२ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार असोज ११ गतेसम्म होटलको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको होटलले जानकारी दिएको हो ।

साथै होटलले असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने बताएको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेस गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

होटलले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.