Advertisement

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0 5

Advertisement

२४ असाेज, काठमाडाैं । ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ को लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले फन्डको लाभांश वितरणका लागि असोज २५ गते बिहीबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको हो । जस अनुसार असोज २४ गते बुधबारसम्म नेप्सेमा कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन् ।

आर्थिक वर्ष २०७९–८० बाट योजनाका इकाइधनीहरुका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण हुनेछ ।

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ फन्ड ग्लोबल आईएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो । यस योजनाको कोष प्रवद्र्धकमा ग्लोबल आईएमई बैंक र कोष व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.