Advertisement

क्विन्टलका क्विन्टल सुन तस्करीमा धेरै खालका मानिसको सेटिङ छ : प्रधानमन्त्री

0 8

Advertisement

१५ भदाै, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्विन्टल सुन तस्करी प्रकरणमा धेरै खालका मानिसको सेटिङ भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेटिङ नभइ त्यसरी सुन तस्करी हुन असम्भव रहेको बताए।

उक्त तस्करीको सूचना पाएपछि सरकारले त्यहाँ प्रहार गरे‍को उनको भनाइ थियो। ‘क्विन्टलका क्विन्टल सुन तस्करीमा धेरै खालका मानिसहरूको सेटिङ छ, त्यो सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव कुरा हो,’ उनले भने, ‘हाम्रो एयरपोर्टबाट त्यति ठूलो मात्रामा सुन तस्करी हुने गरेको छ भन्ने थाहा पाएपछि हामीले त्यसमाथि अ‌ंकुश नलगाइकन देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन सकिँदैन भनेर हामीले त्यहाँ पनि प्रहार गर्‍यौँ।’

यस्तै उनले सरकारले अत्यन्त निर्मम र कठोर अभियाान मिटरब्याज पीडितका पक्षमा चालेको पनि उनले बताए। मिटरब्याजविरुद्धका विरुद्धमा गरेको संघर्ष अत्यन्तै कठोर अभियान भएको उनको भनाइ थियो। मिटरब्याजको समस्या देशैभरि रहे पनि सबैभन्दा बढी मधेसमा रहेकाले त्यसका विरुद्ध प्रहार गरेको जानकारी उनले दिए। उनले भने, ‘हामीले मिटरब्याज पीडित, गरिब, किसानहरूका पक्षमा, त्यहाँका सामन्त जमिन्दारहरूले गर्न‍े गरेको ज्यादतिमाथि प्रहार गर्‍यौँ।’

नागरिकताको समस्या, सुशासन तथा मिटरब्याजलगायतका विविध समस्यामा एउटा अभियान सुरु भएको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.