Advertisement

उपत्यकामा नेवार समुदायले गाई जात्रा भब्यरुपले मनाए

0 104

Advertisement

१४ भाद्र, काठमाण्डौ । आज नेपालको धेरै जसो ठाउँमा बस्ने सवै नेवार समुदायले गाई जात्रा भब्यरुपले मनाए यसै सन्दर्भमा सल्यान जिल्लामा मनाईने वा देखाइने गाई जात्राको झलक काठमाण्डौमा सल्यानी नेवार समाजले देखायो ।

जसमा फरक परिवेश फरक भेषभुसा फरक वाजा फरक तरिको नचाईले रहेको थियो । यो अलि अरु जिल्लाको गाईजात्राको भन्दा अलि फरक खालको देखिन्थ्यो । यसलाई दर्शकहरुले पनि फरक खालको रहेछ भनि सुन्नमा आयो ।

यसलाई पनि अब हरेक वर्ष यसैगरी प्राचिनकालमा उपत्यका बाहिर गएको र अहिले सम्म यसलाई बचाइ राखेको र अब फेरि यस्ता खाल परम्परागत रुपमा मनाईले चलन फेरि काठमाण्डौमै फर्किने सन्देश दिएको दर्शनहरु भनाई रह्यो ।

यस गाई जात्रामा देखाइएकोमा चार जना नाच्ने हुन्छन जसलाई वैरागी भनिन्छ , बादल बजाउनेलाई मादले भनिन्छ डोको भित्र बस्नेलाई डोके भनिन्छ भने यसमा अरु मुरली मुजुरा पनि बजाइन्छ ।

यो सल्यान तिर घर घरमा नाच्दै लगिन्छ भने काठमाण्डौ नया र पहिलो पटक भएको जानकारी नेवार समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।

तस्वीर: प्रदीपकुमार श्रेष्ठ



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.