Advertisement

चामलको मूल्य बढ्दैछ? विभागले भन्यो – प्रतिबन्धअघि भित्रिएको चामलको मूल्य नबढाउनू

0 20

Advertisement

१६ साउन, काठमाडौं । भारत सरकारले २० जुलाइमा चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो।

चामल निर्यात गर्ने मुख्य देशमध्ये एक भारतको उक्त निर्णयसँगै विश्वभरका खाद्य बजार प्रभावित भएको थियो। खाद्य बजारमा चामलको मूल्य पनि बढ्न सुरु भएको छ। जसको प्रत्यक्ष असर नेपाालमा पनि परेको छ।

भारतको उक्त निर्णयसँगै नेपालमा चामलको मूल्य बढ्न सक्ने सम्भावित सम्भावनालाई हेरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतको निर्यात प्रतिबन्धअघि भित्रिएको चामलमा प्रतिबन्ध नलगाउन अनुरोध गरेको छ। विभागले बासमती बाहेका चामलको मूल्य नबढाउन व्यापारीहरूलाई आग्रह गरेको छ।

भारतले गैरबासमती चामल निर्यात प्रतिबन्ध लगाउनुअघि भित्रिएका र भण्डारणको चामल बजार पठाउँदा पुरानै मूल्यमा बिक्री गर्न विज्ञप्तीमार्फत् विभागले आग्रह गरेको छ। विभागले उद्योग वाणिज्य महासंघका वाणिज्य क्षेत्र पदाधिकारीसँगको छलफलपछि उक्त विज्ञप्ति जारी गरेको हो।

‘भारतले बासमती चामल बाहेकका चामलमा निर्यात प्रतिबन्ध लगाउनुअगावै नेपालमा रहेको चामल भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउँदा साविककै मूल्यमा बेचबिखन गर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। अन्यथा कानुनबमोजिम कारबाही गरिने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.