श्रावण महिना श्रवण।
३१ असार, काठमाडाैं । २०८० साल श्रावण १ गते सोमबार वैश्यध्नी अयन नाम गरेको कर्कट संक्रान्ति पिंगला नाम संवत्सर श्रावण कृष्णपक्ष औंसी तिथी राती १० / ४८ बजेसम्म त्यस उप्रान्त अधिक श्रावणशुक्लपक्ष प्रतिपदा तिथी आरम्भ
पनर्वसु नक्षत्र ,व्याघात योग ,नागकरण ,श्रीसूर्यनारायण यो दिनबाट उत्तरायण समापन गरेर दक्षिणायनमा प्रवेश साँझ ५ : २५ बजे मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नुहुनेछ।त्यसैले यो दिनलाई कर्कट संक्रान्ति भनिन्छ।
त्यसैगरी ग्रीष्मऋतु अन्त्य भएर वर्षाऋतु आरम्भ ,यो महिनाको देवताको नाम श्रीधर ,देवीको नाम कान्तिमती ,सूर्यको नाम गभस्ति : हो। यो दिन कर्कट राशिमा सूर्य , मिथुन राशिमा चन्द्रमा र मेष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
पं-बालमुकुन्द देबकोटा