Advertisement

सफलताको कथा : नेपालदेखि अष्ट्रेलियासम्म निरन्तर २० वर्ष पढाएका खिम गौतमको शिक्षणप्रतिको अद्भुत मोह 

0 58

Advertisement

२८ जेठ, होबार्ट, अष्ट्रेलिया । धेरै व्यक्तिका लागि शिक्षण पेसा त्यत्ति आकर्षक होइन। शिक्षकको चर्को खाँचो खट्किरहेको अवस्थामा पछिल्लो पुस्ताको प्राथमिकतामा किन शिक्षण पेसा परिरहेको छैन ? यो प्रश्नले अहिले सबैको ध्यान तान्ने गरेको छ। सम्मान भए पनि अन्य पेसा जस्तो तलबका अतिरिक्त अरू आम्दानीका खासै नभएका कारण पनि पछिल्लो पुस्तामा यस तर्फ आकर्षण नबढ्नु एउटा कारण हुन सक्छ।

अन्य पेसामा असफल भएपछि मात्रै शिक्षणतर्फ आकर्षित हुने गरेका कैयौँ उदाहरण हामीमाझ छन् । यस्तै अर्को राम्रो अवसर पाए शिक्षण पेसा छोड्ने गरेको हामीले देखेकै छौँ । बौद्धिक जमात नेपालजस्तो विकासशील मुलुकबाट अन्यत्र सम्पन्न मुलुकतर्फ आकर्षित भई पलायन हुनु मुलुककै लागि ठुलो दुर्भाग्य नै हो। विश्वविद्यालयदेखि कलेजमा पढाउने प्रोफेसरहरू विदेश पलायन हुने दर नाटकिय तरिकाले बढेको छ।

राम्रो मुलुकमा थप अध्ययनको लागि भन्दै गएका कतिपय विश्वविद्यालयदेखि कलेजका प्रोफेस उतै भुल्ने गरेका थुप्रै उदाहरण छन्। नेपालमा पनि शिक्षण पेसामा अनि विदेशमा पुगेर पनि त्यसैको निरन्तरता दिएका उदाहरण चाहीँ कम नै छन् । यसको कारण भाषाको दक्षतामा कमी, शैक्षिक क्षेत्रको वातावरणमा आउने परिवर्तन लगायत पर्दछन्। त्यसमाथि शिक्षण पेसा अपनाउनका लागि चाहिने तालिम वा स्थानीय अन’भवको कमी पनि अर्को कारण ह’ने गरेको छ।

अष्ट्रेलियामा शिक्षण पेसालाई अत्यन्त मर्यादित एवं प्राज्ञिक रूपमा हेर्ने गरेको पाइन्छ। देशका हरेक क्षेत्रमा आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादन गर्ने क्षेत्रको रूपमा शिक्षण पेसालाई लिन गरिन्छ। अष्ट्रेलियामा शैक्षिक संस्थामा शिक्षण पेसामा संलग्न व्यक्ति अत्यन्त प्रतिभाशाली, सक्षम एवं तालिम प्राप्त भएको हुनु पर्ने व्यवस्था छ। नेपालमा शिक्षण गरेका शिक्षकलाई विकसित देशमा शिक्षण पेसा अँगाल्नु धेरै ठुलो चुनौती हुन्छ। यस्ता चुनौतीलाई चिर्दै एक नेपाली युवा खिम गौतम अष्ट्रेलियामा उदारणिय शिक्षक तथा कुशल प्रशासकका रूपमा परिचय बनाउन सफल भएका छन्।

१७ वर्षको कलिलो उमेरमा गौतमले २००१ सालमा मा एम. इ. एस. सेकेन्डरी स्कुल वीरगन्जबाट शिक्षण पेसा सुरु गरेका थिए। गौतमले एम. इ. एस. सेकेन्डरी स्कुलमा २००१ देखि २००३ सम्म निमावि शिक्षकको रूपमा काम गरे। एम. इ. एस. सेकेन्डरी स्कुलमा बढाउँदा पढाउँदै गौतमले बिरगञ्जको ठाकुराम क्याम्पसबाट अंग्रेजी विषयमा आइ.एड पनि गरे।

वीरगन्जबाट २००४ मा नवलपरासी बसाई सरेका गौतमले अमर सेकेन्डरी स्कुलमा तीन वर्ष अध्यापन गराए। २००४ देखि २००७ सम्म अमर सेकेन्डरी स्कुलमा अध्यापन गराएका गौतमले सोही अवधिमा चितवनको बालकुमारी कलेजबाट अंगेजी विषयमा वि. एड. गरे। शिक्षण पेसाप्रतिको लगनशीलता र मेहनतले गौतमलाई थप केही गर्ने जाँगर चल्यो।

आफूभित्रको ज्ञान र सिपलाई सपनाको सहर काठमाडौँमै खर्चेर पढाइलाई थप अगाडी बढाउने अठोटका साथ गौतम २००७ मा नेपालको राजधानी काठमाडौँ गए। काठमाडौँ पुगे लगत्तै गौतमले बानेश्वरमा रहेको ज्ञान उच्च माध्यमिक विद्यालयमा पढाउन सुरु गरे। काम र पढाइलाई सँगसँगै लिने उद्देश्यले गौतमले त्रिभुवन विश्वविद्यालयमा एम. एड. मा भर्ना पनि भए। शिक्षण पेसा सुरु गरेको दश वर्षमै गौतम ज्ञानु उच्च माध्यमिक विद्यालयको प्रिन्सिपलमा नियुक्त भए।

गौतमले २००९ मा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा अंग्रेजी विषयमा स्नातकोत्तर उत्रिण गरे। दुई वर्ष ज्ञान उच्च माविमा प्रिन्सिपलको भूमिका निभाएका गौतम यतिमा मात्र रोकिएनन्। चुनौतीका पहाडहरूलाई छिचोल्दै अपसरको खोजीमा तल्लीन रहने गौतमले एक वर्ष सम्म काठमाडौँको प्रख्यात प्रवेश परीक्षा लगायत लोकसेवाको तयारी गराउने निम्स इन्स्टिच्युटको वरिष्ठ प्राध्यापक भएर काम गरे। अंग्रेजी विषयको प्राध्यापक भएर पी सी एल देखि ब्याचुलरसम्म एक सफल उदाहरण को रूपमा कार्यरत रहे।

काठमाडौँमा रहँदा गौतमले निम्न चर्चित कलेजहरूमा सफल अंग्रेजी प्राध्यापक भएर कार्य गरेको अनुभव छ : नासा कलेज, लोर्ड बुद्ध कलेज, निम्स्ट नर्सिङ्ग कलेज, एसियन एञ्जॆरिङ्ग कलेज, भ्याली एञ्जॆरिङ्ग कलेज, काष्ठमण्डप कलेजलगायत धेरै शैशिक संस्थामा अध्यापन गराएर लामो अनुभव बटुलेका गौतमले अब आफ्नै लगानीमा विद्यालय चलाउने योजना बनाए। नभन्दै गौतमले २०११ मा काठमाडौँबाट नवलपरासी फर्केर वाइज भिजन सेकेन्डरी स्कुलमा लगानी गरे। आफ्नै लगानीमा संचालन गरेको विद्यालयमा गौतमले प्रिन्सिपलको रूपमा लगभग तीन वर्ष काम गरे।

गौतमले अध्यापन गराउँदा गराउँदै शिक्षक सेवा आयोगको पनि तयारीमा लागेका थिए। पढाइमा अब्बल रहेका गौतमले २०१४ मा भक्तपुरबाट अंग्रेजी विषयको नि. मा. वि. शिक्षक पदमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा नाम निकाले। नेपालमै सरकारी जागिर खाएर आरामदायी जिवन विताउँने गौतमको चाहना पनि पुरा भयो। गौतम बाहिरी देशमा थप अध्ययन गर्न जाने विचार गर्दै थिए । उनले यसै सिलसिलामा अष्ट्रेलियामा भिजा आवेदन पनि दिएका थिए। यता शिक्षक सेवा आयोगमा पनि नाम निस्कनु उता अष्ट्रेलियाको भिजा पनि आउनु। गौतमलाई दुईवटा विकल्प मध्य एउटा छनौट गर्नु थियो। अन्ततः गौतमले नेपालको सरकारी जागिर तथा सबै अवसर स्थगित गरी थप अध्ययनको लागि अष्ट्रेलिया जाने निर्णय गरे। गौतम सम्झन्छन्, अष्ट्रेलियाको फलाईको पछिल्लो दिन नियुक्ति पत्र बुझ्नुपर्ने थियो। तर नियुक्ति बुझ्न पाइएन।

झन्डै १३ वर्ष नेपालमा शिक्षण पेसामा रहेका गौतम अष्ट्रेलियामा गएर त्यहाँको शिक्षण प्रणालीलाई बुझेर नेपालमा हस्तान्तरण गर्नु नै मुख्य उद्देश्य रहेको बताउँछन्। नेपालमा दाम र नाम राम्रै कमाइरहेका गौतम १०१४ सालमा परिवार सहित अष्ट्रेलिया आए। अष्ट्रेलिया आए पनि गौतमको शिक्षण प्रतिको मोह भने छुटेको थिएन । उनी यहाँ आएर पनि शिक्षण पेसामै आफूलाई लगाउन चाहन्थे।

गौतमले २०१५ मा सहायक प्रशिक्षक का रूपमा सेन्ट्रल अष्ट्रेलियन कलेज प्रवेश गरे। हरेक क्षेत्रमा आफूलाई अब्बल भएको प्रमाणित गर्ने गौतम पदोन्नति हुँदै अहिले सोही क्याम्पसको नेशनल ट्रेनिङ एण्ड क्याम्पस म्यानेजर पदमा कार्यरत छन्। अष्ट्रेलियाको तास्मानियामा एउटा र भिक्टोरियाको दुई ओटा गरी गौतमको काँधमा अहिले तीन वटा कलेजको जिम्मेवारी छ।

अहिले गौतमको नेतृत्वमा विभिन्न देशका ३० जना भन्दा बढी जना कर्मचारी कलेजमा कार्यरत छन्। भद्र र शालीन स्वभावका गौतमको नेतृत्व शैलीलाई मातहतका कर्मचारीले पनि साथ दिएका छन्। गौतम आफूलाई एक कुशल अनि दक्ष कलेज प्रमुखका रूपमा आफूलाई प्रमाणित गरेका छन्। अस्ट्रेलिया को शैक्षिक नीति नियम राम्रो सँग बुझेका गौतम आफू यही पेसामा जीवनभरि लागिरहने उनको अठोट छ। गौतमले घरेलु तथा अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियन सरकारको ट्रेनिङ नीति नियममा रही कुशल नेतृत्व प्रदान गरिरहेका छन्।

कास्कीको जिल्लाको मकैखोलाको सामान्य किसान परिवारमा जन्मेका गौतमले गरेको यो प्रगति धेरैका लागि लोभलाग्दो छ। अहिलेसम्मको यो यात्रामा धेरै अप्ठ्यारा चुनौती आए तर पनि उनले कहिले हार मानेनन्। गौतम आफ्नो सम्पत्ति को रूपमा उनी आफूले हासिल गरेको बि.एड ((अंग्रेजी), एम फिल (अंग्रेजी) , एम एड (अंग्रेजी), एम.ए (टीसोल), एम.ए (बिजेनेश), एम.पी.ए (अकौन्टिंग) लाई सधैँ उच्च समान गर्दछन्।

गौतमले अध्ययनका साथ साथै आफूले दक्षता हासिल गरेको क्षेत्रका किताब पनि लेखेका छन्। उनका पिसिएल नर्सिंग देखि ब्याचुलर सम्मका अंग्रेजी पुस्तकहरू पनि प्रकाशनमा छन्। गौतमले पिसिएल नर्सिङ, एचए, ल्याब, फार्मेसीको प्रवेश परीक्षाका अंग्रेजी अभ्यास पुस्तक पनि लेखेका छन्। गौतमको लेखन कार्य अष्ट्रेलिया गएर पनि रोकिएको छैन। उनले अष्ट्रेलियामा बसेर पुस्तक हरु लेखन कार्यमा लगातार लागिरहेका छन् । गौतमको चाडै नै केहि पुस्तकहरू प्रकाशन मा आउँदैछन्।

गौतम नावीतास कलेज अस्ट्रेलिया को स्थायी प्राध्यापक पनि हुन् जहाँ उनले १० वटा भन्दा बढी देशका बिद्यार्थीहरुलाई आफ्नो ज्ञान, अनुभव र विद्या सम्प्रेषण गरी आफूलाई नमुना प्राध्यापक को रूपमा प्रमाणित गरेका छन्। कर्तव्यनिष्ठ, इमानदारिता, लगनशीलता, कडा मिहिनेत ले मानिस सधैँ अगाडी बढ्न र सफल हुन सक्ने गौतम को भनाइ रहेको छ।अनि आफ्नो पेसालाई सम्मान अनि माया गर्ने सक्ने बेक्ती नै संसारको खुसी मान्छे रहने उनको मान्यता रहेको छ। गौतम को अबको सपना भनेको पी एच डी (बिद्या बारिधि )हासिल गर्ने छ। जसका लागि उनी दिन-रात मेहनत गरिरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.