Advertisement

सुनकोशीमा बेपत्ता सीटीईभीटीका निर्देशक खोज्न काठमाडौंबाट पठाइयो गोताखोरको टोली

0 14

Advertisement

१९ जेठ, काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा वेपत्ता भएका सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्र प्रहरी बलले काठमाडौंबाट गोताखोरको टोली पठाएको छ।

सशस्त्रले काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपत् उद्धार गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) कमाण्डमा ७ जनाको गोताखोर टोली पठाएको हो।

त्यसैगरी आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) इन्सपेक्टरको कमाण्डमा १३ जना, रामेछापबाट सईको कमाण्डमा ९ जनाको टोली पनि परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा सीटीइभीटीका २ निर्देशक र एक अधिकृतस्तरका कर्मचारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताएका छन्। स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्।

बाँकी ३ जना भने अहिलेसम्म वेपत्ता छन्। वेपत्ता भएकाहरु २ जना सहसचिवस्तरका १ जना अधिकृतस्तरका कर्मचारी रहेको सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.