Advertisement

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

0 13

Advertisement

१५ जेठ, काठमाडौं । देशभर आज १६औं गणतन्त्र दिवस मनाइँदै छ। सरकारले गणतन्त्र दिवसलाई महान् उत्सवका रूपमा मनाउन अपिल गरेको छ। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।

काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख लगायत सरकारका उपप्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपस्थिति थियो।

समारोहमा सरकारका उच्च अधिकारी, कुटनीति क्षेत्रका प्रतिनिधि लगायत पनि उपस्थित थिए।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरुले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलका नेताहरूले गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई अभिनन्दन प्रकट गरेका छन्।

नेकपा माओवादीको सशस्त्र विद्रोह तथा विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो। विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ। सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नका लागि त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.