Advertisement

गर्मी मौसममा लिची ! यस्ता छन् अचुक फाइदा

0 108

Advertisement

०९ जेठ, काठमाडाैं । मौसम अनुसारको फलफूल र सागसब्जी बजारमा पाइन्छन् । मौसम अनुसारका सबै फलफूहरु तथा सागसब्जीहरुको आ–आफ्नै गुण हुन्छ । यसै सन्दर्भमा गर्मी मौसम सुरु भएसँगै विभिन्न फलफूलहरु पनि बजारमा आउन थालेका छन् ।

गर्मीको सिजनमा पाइने फलफूलहरुमा अत्यधिक पानी र फाइबरहरु पाइन्छन् । ती फलफूलमध्ये लिची पनि एक हो । गर्मी सिजनमा बजारमा उपलब्ध हुने लिचीलाई मीठा मोतीको रुपमा पनि लिइन्छ ।

लिचीमा हामीले स्वाद र फ्लेभर मात्र होइन स्वास्थ्यवद्र्धक गुण पनि पाउँछौं । लिचीमा भरपुर पानीको मात्रा हुन्छ । साथै लिचीमा भिटामिन सी र पोटासियम पनि पाइन्छ । यसले गर्मीमा शरीर र पेटलाई शितलता प्रदान गर्न मद्दत गर्छ ।

यस्ता छन् लिचीका अन्य फाइदाहरुः

इम्युनिटी बलियो बनाउँछः

हाम्रो इम्युनिटीको लागि लिची निकै फाइदाजनक छ । लिचीले हाम्रो शरीरको इम्युनिटी पावरलाई बढाईदिन्छ । लिचीमा बिटा–क्याटोरिन, नियासिन, राइबोफ्बेविन र फोलेट प्रचुर मात्रामा पाइन्छ । यी सबै तत्वले हाम्रो शरीरको इम्युनिटी सिस्टमलाई स्वास्थ्य राख्न सघाउँछ ।

पाचन प्रणालीलाई बलियो बनाउँछः

लिचीको सेवनले हाम्रो पाचन तन्त्र तन्दुरुस्त बन्छ । किनभने यसमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । उल्टी गर्ने, पेटकको समस्या, पेटको अल्सर लगाएतको समस्याबाट छुटकारा पाउनका लागि पनि लिचीको उपयोग गर्न सकिन्छ ।

घाँटीमा हुने समस्याबाट जोगाउँछः

यदि घाँटीमा कुनै पनि समस्यमा भएमा लिची खानु उपयुक्त हुन्छ ।

पानीको कमीको समस्याबाट जोगाउँछः

सायद सीमितलाई मात्र थाहा हुनसक्छ, लिचीमा भरपुर पानी पाइन्छ । लिचीमा पाइने पानीले शरीरमा हुने पानीको कमीलाई आपूर्ती गर्छ । लिचीले शरीरलाई शितल बनाउन पनि मद्दत गर्छ ।

त्वचालाई मुलायम बनाउँछः

लिचीको सेवनले हाम्रो त्वचालाई पनि चमक दिन्छ । यसमा भरपुर भिटामिन सी पाइन्छ, जसले एन्टिअक्सिडेन्ट फाइटिङको काम गर्छ । जसको कारण हाम्रो त्वचा मुलायम बन्छ ।

वजनलाई कन्ट्रोल गर्छः

लिचीको नियमित सेवनले वजनलाई कन्ट्रोल गर्छ । चिलीमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । फाइबरले वजनलाई कन्ट्रोल राख्न मद्दत गर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.