Advertisement

रायमाझी खोज्न नयाँ जुक्ति

0 37

Advertisement

३० वैशाख, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ। प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ।

यसै क्रममा शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ। फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए। उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए। तर पत्र पेस गर्ने व्यक्ति को थिए? भन्ने खुलेको छैन। त्यही नखुलेकाले सिआइबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सिसिटिभी फुटेज लिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ। प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ।

‘उहाँ (रायमाझी) कसै न कसैको सम्पर्कमा हुनुहुन्छ भन्ने खुलिसकेको छ। त्यसैले निकट व्यक्तिहरूमार्फत उहाँसमक्ष पुग्ने कोसिस सुरु गरेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैअन्तर्गत संसद् सचिवालयमा पत्र बुझाउने व्यक्तिको पहिचान गर्ने कोसिस गरिएको हो।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा रायमाझी अप्रत्यक्ष रूपमा आफ्नो सम्पर्कमा रहेको जनाउने गरी भाषण गरेका थिए। निकट व्यक्तिहरूमार्फत दुई पटक आफूसँग सम्पर्क भइसकेको र आफूले प्रहरीकहाँ हाजिर भएर अनुसन्धानमा सघाउन भनेको उनले बताएका थिए । रायमाझी एमालेका सचिवसमेत हुन्। पार्टीले उनलाई निलम्बन गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा रायमाझी अप्रत्यक्ष रूपमा आफ्नो सम्पर्कमा रहेको जनाउने गरी भाषण गरेका थिए।

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता खुलेपछि प्रहरीले वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी जारी हुँदै गर्दा उनी सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीको एउटा सार्वजनिक कार्यक्रममा थिए। रायमाझी अर्घाखाँचीबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। कार्यक्रम सकेर वैशाख २० गते राति नै भैरहवाबाट बुद्ध एयरको हवाइजहाज मार्फत सभामुख घिमिरे र रायमाझी सँगै आउने कार्यक्रम थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ पर्नसक्ने डरले अन्तिम अवस्थामा टिकट रद्द गरी उनी भैरहवामै बसेका थिए।

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नता खुलेपछि प्रहरीले वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

रायमाझीले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई फोन गरेर आफैं प्रहरीकहाँ उपस्थित हुने बताएको स्रोतले बतायो। आफैं उपस्थित हुने भनेलगत्तै उनी भैरहवाबाटै सम्पर्कविहीन भए। वैशाख २१ गते रायमाझी भैरहवामा प्रहरीको सम्पर्कमै रहेको र पक्राउ परेको समाचार आए। तर उक्त कुरालाई अन्तिममा प्रहरीले अस्वीकार गर्‍यो। उनी यसरी फरार हुनुमा पनि आशंकाको नजरले हेरिएको छ।

रायमाझीले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई फोन गरेर आफैं प्रहरीकहाँ उपस्थित हुने बताएको स्रोतले बतायो।

सम्पर्कविहीन भएका रायमाझीलाई प्रहरीले फरार आरोपीको सूचीमा राखेर देशभर खोजी अभियान सञ्चालन गरेको छ। यस्तै सिआइबीको टोलीले समेत खोजी गरिरहेको छ। रायमाझी प्रहरीको अनुसन्धान अवधिलाई छलेर प्रहरी हिरासतमा नबस्ने गरी फरार भएको अनुमान गरिएको छ।

प्रहरीले यो प्रकरणलाई संगठित अपराधअन्तर्गत अनुसन्धान गरिरहेको छ। जसमा अनुसन्धानका लागि ६० दिनको म्याद रहन्छ। ५७ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने र तीनदिनभित्र सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नुपर्ने प्रावधान छ।

यो प्रकरणमा चैत १२ गते गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। यसकारण अनुसन्धान अवधि पनि चैत १२ गतेबाटै गणना हुने स्रोत बताउँछ। यसैले यस प्रकरणको अनुसन्धान अवधिअनुसार रायमाझी बढीमा १० देखि १४ दिनभित्र रायमाझी पक्राउ नपरेपछि उनलाई अदालतमा उपस्थित हुनसक्ने अवस्था रहेको जानकारहरू बताउँछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.