Advertisement

नयाँ एक्सचेन्ज लाइसेन्स बाँड्ने प्रक्रिया रोक्ने क्याबिनेटको निर्णय, धितोपत्र बोर्डमाथि छानबिन हुने

0 8

Advertisement

३० बैशाख, काठमाडौँ । अन्ततः निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी नेपाल धितो पत्र बोर्डले अघि बढाएको प्रक्रियालाई क्याबिनेटले रोकेको छ  । यो प्रक्रियामा व्यापक आर्थिक चलखेल भएको भन्दै संसद्मा समेत कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मङ्गलवार मन्त्रिपरिषद्को बैठकले प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको हो  ।

सो सम्बन्धी निर्णय भएको पुष्टि मुख्यसचिव शंकरदास वैरागीले गरेका हुन् । समाचार स्रोतका अनुसार सो निर्णय अनुसारको निर्देशन पत्र बिहीबार नै अर्थ मन्त्रालयमा पुगिसकेको छ । आज शुक्रबार धितो पत्र बोर्डमा सो निर्देशन लिखित रुपमा पुग्दै छ ।

प्रक्रिया रोक्न निर्देशन आउने जानकारी पाएपछि हतार हतार लाइसेन्सका लागि आवेदन दिने तीन वटा सिलबन्दी गोप्य प्रस्ताव खोलेर लाइसेन्स बाँड्ने कामलाई बोर्डले तीव्रता दिएको थियो । तर, त्यो सिलसिला पुरा नहुँदै क्याबिनेटको निर्देशन बोर्डमा पुग्ने भएको हो ।

क्याबिनेट बैठकमा उपस्थित समाचार स्रोतका अनुसार प्रधानमन्त्रीले त्यहाँ भएको हुनसक्ने भ्रष्ट्राचार र अनियमितताको छानबिन गर्ने समेत निर्णय गराएका छन् । उनको आदेशमा भएको सो निर्णय अनुसार अब छिट्टै धितो पत्र एक्सचेन्ज लाइसेन्स वितरण प्रक्रियामा भएको अनियमितताको पनि छानबिन हुने भएको छ ।

निजी लगानीको स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण गर्दा आर्थिक चलखेल भएको कुरा व्यापक रुपमा उठेपछि प्रधानमन्त्री दबाबमा परेका थिए । त्यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा समेत स्वार्थ समुहको सहकार्यमा धितो पत्र बोर्ड लाइसेन्स वितरणका लागि सक्रिय बनेपछि बालुवाटार समेत थप सशङ्कित बनेको हो ।

धितो पत्र बोर्डले बिचौलियाको सक्रियतामा लाइसेन्स दिने प्रक्रिया अघि बढाएको विषय प्रतिनिधिसभामै पनि लगातार रुपमा उठेको थियो । सरकारी स्टक एक्सचेन्ज (नेप्से) हुँदाहुँदै निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्न उचित नहुने भन्ने सांसदहरूको तर्कमा प्रधानमन्त्री सहमत भएपछि प्रक्रिया रोक्न निर्देशन गरिएको प्रधानमन्त्रीनिकट स्रोतले आर्थिक न्युजलाई बतायो ।

नयाँ एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको थियो । चर्चित बिचौलिया दीपक भट्टको सक्रियतामा रकम जम्मा गरी निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी अन्तिम अवस्थामा पुगेपछि रोकिएपछि बोर्डका अध्यक्ष रमेश हमाल भने निकै तनावमा रहेको बताइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.