Advertisement

त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

0 47

Advertisement

०८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।

वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।

वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो ।

अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् परीक्षा नियन्त्रण कार्यालयको सूचना–



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.