Advertisement

सांस्कृतिक महत्वको चामुण्डा रथयात्रा (तस्विर)

0 130

Advertisement

१५ चैत्र, काठमाडाै । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर नगरपालिकामा मनाइने धार्मिक, सांस्कृतिक महत्वको चामुण्डा रथयात्राका तस्विर झलकहरु । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषको आयोजना तथा अन्य विभिन्न धार्मिक संघसंस्थाको सहकार्यमा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५, ६, ८, ९ र काठमाडौँ महानगरपालिका वडा नं. ६ का विभिन्न टोल मन्दिरहरुमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको ३ वटा रथयात्रा गर्ने परम्परा रहेको छ ।

बुधबार चामुण्डा मन्दिरबाट शुरु भएको रथ परिक्रमा महाङ्काल भैरव, रक्त विनायक, आरुबारी चोक, भेनस स्कूल हुँदै छहारी क्लब, जोरपाटी चोक हुँदै सिध्देश्वर मन्दिर, विन्दवासिनी मन्दिरबाट फर्केर जोरपाटी चोक, अर्घौतेश्वर मन्दिर, नयाँवस्ती युवा क्लव, वासुकी चोक, सर्वेश्वर मन्दिर, पाटिटारस्थित रुद्रेश्वर मन्दिर, कुमारी भैरब मन्दिर, लक्ष्मीनारायण मन्दिर, नारायण मन्दिर, बौद्ध पिपलबोट पुरानो अरब बैंक हुँदै जोरपाटिस्थित चामुण्डा गेटबाट प्रवेश गरी चामुण्डा मन्दिर परिसरमा गएर समापन हुने कार्यक्रम रहेको छ ।

रथ यात्रामा नगर प्रमुख दीपक रिसाल, नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतको सक्रिय सहभागितामा वडा सदस्यहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, स्थानीय तथा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । रथ बोक्न विभिन्न संघसंस्थाका युवा तथा श्रद्धालु भक्तजनहरुले उत्साहका साथ भाग लिएका थिए । यस रथयात्रा गोकर्णेश्वर क्षेत्रमा महत्वका साथ मनाईने एउटा महत्वपूर्ण धार्मिक सांस्कृतिक उत्सव हो ।

चामुण्डा मन्दिरमा आयोजित सम्मान कार्यक्रममा चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले चैत्र शुक्ल अष्टमी तथा चामुण्डा रथयात्राको अवसरमा जनप्रतिनिधि लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । चामुण्डा क्षेत्रको विकासमा योगदान दिए वापत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.