Advertisement

आज – २४ फाल्गुण २०७९ बुधवार को राशिफल

0 51

Advertisement

२०७९ फागुन २४ गते, बुधवार, ८ मार्च २०२३। चैत्र कृष्णपक्ष प्रतिपदा तिथि, १९ः२९ बजेदेखि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि– सिंह, ८ः५९ बजेपछि कन्या।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। व्यापार बढ्नुका साथै आम्दानीका स्रोत पति बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउने देखिन्छ। रोकिएको काम पूरा हुनेछ। समस्या सुल्झाउन अभिभावकको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा लाभ उठाउन सफल भइनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा धन आर्जन हुने समय छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापार बढ्नेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसक बढ्नेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर समेत प्राप्त हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। प्रयत्न गर्दा परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यावसायिक कामले खर्च बढाउनेछ। सरसापट तथा आकस्मिक कामले पनि केही रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। नयाँ काममा ध्यान दिन नसकिए पनि पछिका लागि लगानी बढाउन सकिनेछ। सञ्चित रकम लगानी गर्ने नयाँ क्षेत्र फेला पर्नेछ। पहिले फसेको रकम उठाउन सकिनेछ। आफन्तबाट भने केही टाढा भइनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम बन्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न अवसर प्राप्त हुनेछन्। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। भाग्योन्नतिको समय छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

घुमफिर तथा मनोरञ्जनको समय छ। तर अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले व्यर्थैमा दुःख पाइनेछ। निम्ताे प्राप्त भए पनि आतिथ्य खर्चिलाे बन्नेछ। फाइदा लिन काम दोहोर्याउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। प्रेमको बन्धन कसिलाे हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.