Advertisement

झारखण्डमा विवाह समारोह आयोजित घरमा आगलागी हुँदा १४ जनाको मृत्यु

0 55

Advertisement

१८ माघ, झारखण्ड । भारतको झारखण्ड राज्यमा मंषलबार भएको आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ।

समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो। त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन्। पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौं व्यक्ति जलेर घाइते भएका छन्।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ। आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.