Advertisement

चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएपछि उचालियो विश्व सेयरबजार

0 33

Advertisement

१२ पुस, काठमाडाैं । कोभिड–१९ का कारण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएको छ । उक्त नियम हटाएपछि विश्व सेयरबजारमा सकरात्मक परिवर्तन आएको छ ।

शून्य कोभिड नीतिका कारण खुम्चिएको चीनको अर्थतन्त्र कोभिड नीति खुकुलो बनाउदा चलायमान भएको छ । जसको प्रभाव विश्व सेयरबजारमा समेत परेको छ ।

जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.५ प्रतिशतले बढेको छ । चीनको ब्लुचीप सेयर सूचांक १.१ प्रतिशत उकालो लागेको छ भने हङकङको सेयर सूचांक पनि १.१ प्रतिशतले बढेको छ ।

जापानको सेयर सूचांक निकेइ ०.३ प्रतिशत उकालो लागेको छ । यसैगरी अमेरिकी सेयर सूचांक एस एन्ड पी ५०० इमिनी ०.६ प्रतिशतले बढेको छ ।

नेपालको सेयर सूचांक नेप्से पनि प्रिओपनिङ सेसन मै हरियालीमय भएको छ । प्रि–ओपनिङ मै नेप्से २.१७ प्रतिशतले बढेको छ ।

चीनले कोभिड नीति खुकुलो बनाउदा लगानीकर्ताहरु हर्षित देखिएका छन् । हाल चीनमा फैलिएको कोभिड–१९ संक्रमणका कारण औद्योगिक सहरहरुमा देखिएको प्रभाव सन् २०२३ को जनवरीमा रिकर्भर हुने र आर्थिक गतिविधिहरु पनि वृद्धि हुने जेपी मोर्गन एसेट म्यानेजमेन्ट कम्पनीका विश्व बजार रणनीतिज्ञ छावपिङ जुले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.