Advertisement

आज – ०३ पौष २०७९ आइतवार को राशिफल

0 79

Advertisement

२०७९ पुस ३ गते, आइतवार, १८ डिसेम्बर २०२२। पाैष कृष्णपक्ष दशमी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या, १८ः५४ बजेदेखि तुला।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। यात्राको प्रक्रियामा बढी खर्च गर्नुपर्ने हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पढाइलेखाइमा समय दिन नसकिएला। आँटेको काम राेकिन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। व्यापार बढ्नाले आयस्राेत सबल बन्नेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति असहज देखिए पनि काम बन्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। तापनि अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आत्मविश्वासको कमीले पछि परिनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। खानपानकाे साेखले स्वास्थ्य बिग्रन सक्छ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। तर समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम राेकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन्। समयमा समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अर्थअभाव हुन नदिन समयमा सजग रहनुहाेला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्ला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। वादविवादमा अघि नसर्नुहाेला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् तर काममा केही चुनाैती भने आउन सक्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.