Advertisement

समानुपातिकतर्फ माओवादी र रास्वपाको कडा टक्कर, एमालेले कांग्रेससँग बढायो मतान्तर

0 60

Advertisement

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक तर्फ नेकपा एमालेले नेपाली काग्रेससँग मतान्तर बढाउँदै लगेको छ ।

साढे ३ बजेको निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७ सय ५६ मत पाएर दोस्रो स्थानमा छ । १० लाख ६६ हजार ८३३ मत प्राप्त गरेर नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा छ । १० लाख ६३ हजार ५१३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथौं स्थानमा छ । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मत तलमाथि भइरहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६०९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ ३ लाख २९ हजार ८९० मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले २ लाख ५३ हजार १४९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६१ मत प्राप्त गर्दा जनमत पार्टीले २ लाख ६६ हजार १ सय मत पाएको छ । लोसपाले १ लाख २७ हजार ८८६, नेमकिपाले ७२ हजार ७८४, हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा सफलता हात पारेको छ । नेकपा (माओवादी केन्द्र)ले १६, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपालले ७, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४ नागरिक उन्मुक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टीले १? जनमत पार्टीले १ र स्वतन्त्रले ५ क्षेत्रमा जित हासिल गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.