Advertisement

केपी ओली र प्रचण्डसहितका ती उम्मेदवार जसले आफूले आफैँलाई दिन पाउने छैनन् मत

0 67

Advertisement

०३ मंसिर, काठमाडाैं । नयाँ संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनमा कतिपय शीर्ष नेताहरुले आफैँलाई मतदान गर्न पाउने छैनन् । लामो समयदेखि आफ्नो क्षेत्रमा क्रियाशील रहेका तर मतदाता नामावली भने आफ्नो क्षेत्रमा नभई अन्यत्र भएका शीर्ष नेतादेखि स्वतन्त्रतर्फबाट उठेका र तथा राम्रै चर्चा बटुल्न लागेका कतिपय उम्मेदवारलेसमेत आफ्नो लागि मत हाल्न नपाउने भएका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, पूर्व सभामुख ओनसरी घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछाने, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायतले आफैँलाई मत हाल्न पाउने छैनन् ।

त्यसैगरी नेकपा एसका नेता किसान श्रेष्ठ, झापा १ का उम्मेदवार अग्निप्रसाद खरेल, झापा ३ का उम्मेदवार कृष्णप्रसाद सिटौला लगायतका धेरै उम्मेदवारहरुले आफूले आफैँलाई मत हाल्न नपाउने भएका हुन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनीहरु आफैँलाई मत हाल्नबाट वञ्चित हुने भएका हुन् ।

झापा क्षेत्र नं ५ बाट चुनाव लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा रहेको छ । यसअघि चितवन क्षेत्र नं ३ बाट चुनाव लडेका र हाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई मतदान गर्न पाउँदैनन् ।

प्रचण्डको मतदाता नामावली यसअघि निर्वाचित भएको चितवन जिल्ला क्षेत्र नं ३ मा छ । यस्तै जसपा अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदाता नामावली सुनसरीको हुँदा आफू उठेको निर्वाचन क्षेत्रबाट मत हाल्न पाउँदैनन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन् । महोत्तरी क्षेत्र नं ३ बाट उठेका ठाकुरको मतदाता नामावली सर्लाहीको छ ।

यस्तै आफैँलाई मतदान गर्न नपाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने पनि हुन् । मतदाता नामावली काठमाडौंमा भएको हुँदा लामिछानेले पनि आफैँलाई भोट खसाल्न नपाउने भएका हुन् ।

अब उनको त्यो मतदाता नामवली पनि विवादका रहेको छ । उनको नागरिकता लिने प्रकृया नमिलेको र राज्यलाई ढाटिरहेको अवस्थामा उनको त्यो मतदाता नामावली खारेज हुनेछ ।

यस्तै पूर्व सभामुख एवं काठमाडौं क्षेत्र नं २ की प्रतिनिधि सभा उम्मेदवार ओनसरी घर्ती मगरले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । घर्तीको मतदाता नामावली रोल्पामा छ । उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ १ का उम्मेदवार चित्रबहादुर केसीको मतदाता नामावली रुपन्देहीमा हुँदा केसी पनि आफैँलाइ मत हाल्न पाउँदैनन् ।

यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि आफैंलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन् । डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालको मतदाता नामावली गुल्मी रहेको हुँदा ढकालले आफैँलाई भोट हाल्न नपाउने भएका हुन् ।

यस्तै बारा क्षेत्र नं ४ बाट उठेका एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठको पनि मतदाता नामावली तनहुँको हुँदा आफैँलाई मत हाल्न पाउँदैनन् ।

यस्तै एमालेबाट झापा क्षेत्र १ मा उम्मेदवारी दिएका अग्नि खरेलको मतदाता नामावली झापा २ मतदाता रहेको छ । कांग्रेस नेता कृष्ण सिटौलाको मतदाता नामावली झापा १ मा रहेको छ ।

यस्तै काठमाडौंंको क्षेत्र ९ मा उम्मेदवारी दिएकी कल्पना धमलाको मतदाता नामावली धादिङमा रहेको छ । त्यस्तै पर्सा १ बाट उम्मेदवारी दिएका लोसपाका नेता लक्ष्मणलाल कर्णको मतदाता नामावली भने पर्सा २ मा रहेको छ ।

कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा एसका नेता विरोध खतिवडाले पनि आफूले आफैँलाई मत दिन पाउने छैनन् । खतिवडाको उम्मेदवारी मकवानपुर २ मा छ भने मतदाता नामवली भने १ मा रहेको छ ।

बलायरको उम्मेदवारी कैलाली ४ मा छ भने मतदाता नामावली डोटीमा रहेको छ । यसैगरी कांग्रेस नेता शंकर भण्डारी र मोहन बस्नेतले पनि आफूले आफैँलाई मत दिन पाउने छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.