Advertisement

काठमाडौं क्षेत्र नं ५ को एमाले प्रदेशसभा उम्मेदवार पैसा बाड्दै गरेको आरोपमा पक्राउ

0 94

Advertisement


०२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।

https://fb.watch/gTt04seBF4/



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.