Advertisement

चुनाव आइसक्यो, अन्योलमा मतदाता

0 54

Advertisement

२९ कार्तिक, काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने’ जानकारी नभएको बताउँछिन् ।

४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले राजधानीसँग भनिन् ।

सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिका’ भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् । ‘राजनीतिक दलका नेताकार्यकर्ता प्रचारप्रसारमा आइरहेका छन्, बाटोबाटै आउँछन्, जान्छन्, कसरी मत हाल्ने ?’ भन्ने कसैले पनि सिकाएका छैनन्,’ गोले भन्छन् ।

काठमाडौंकै उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिका–४ का ८१ वर्षीय सीताराम लामिछाने आगामी निर्वाचनमा ‘चारवटा मतपत्रमा मतदान गर्नुपर्ने’ भन्ने’bout रेडियोबाट जानकारी पाएको बताउँछन् । ‘रेडियोले भनेको सुनेको हुँ, चारवटा मतपत्र हुन्छ रे !’ लामिछाने भन्छन्, ‘घरघरमा सिकाउन कोही आएका छैनन् ।’

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ‘मतदाता शिक्षा कार्यक्रम’ लागू गरे पनि समुदायमा भने त्यसको प्रभाव न्यून देखिएको छ । कतिपय स्थानमा खटाइएका मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् ।

आयोगले गत १८ कात्तिकबाट मतदाता शिक्षाका लागि देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यकर्ता परिचालन गरे पनि प्रभाव भने न्यून देखिएको छ । खटाइएका कार्यकर्ता काठमाडौं आसपासकै ग्रामीण वस्तीमा समेत पुगेका छैनन् ।

आयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भने मतदाता शिक्षालाई आक्रामक रूपमा अघि बढाएको छ । तर, मतदाताका घरदैलोमा भने कार्यकर्ता पुगेका छैनन् । मतदाता शिक्षा कार्यक्रममार्फत मतदान गर्ने सही तरिका सिकाइने बताउँदै आइरहेको छ ।

आयोग सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम जारी रहेको दाबी गर्छन् । उनका अनुसार प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाइएको हो ।

‘देशका ६ हजार ७ सय ४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुन्छ,’ सहायक प्रवक्ता अर्याल भन्छन् ।

उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने आयोगको दाबी छ ।

यसैगरी, प्रत्येक मतदाता शिक्षा कार्यकर्ताले एक-एक फ्लिप चार्टर (नछुटाई बताउनुपर्ने विषयवस्तु समेटिएको सामग्री, मतदानको महत्व, कसरी र किन गर्ने, आचारसंहिताको महत्वलगायत आधारभूत कुरा समेटिएको सामग्री) दिएर मतदातालाई भन्नैपर्ने कुरा जानकारी गराउने बताएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको हो । आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एक अधिकृतलाई तालिम दिएर निर्वाचन सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ । राजधानी दैनिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.