Advertisement

चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

0 32

Advertisement

१६ कार्तिक, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ ।

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

तनहुँमा चितुवाको आक्रमणबाट १२ भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.