Advertisement

मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि

0 311

Advertisement

१० कार्तिक, एजेन्सी । हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ ।

मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घण्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घण्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घण्टीबाट निस्कने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा

निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घण्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

घण्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।

नियमित रूपमा आरती गर्दा र लगातार घण्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।

पुराणहरूमा बताइएअनुसार, मन्दिरमा घण्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्‍टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.