Advertisement

अर्थ मन्त्रालयलाई आयोगको पत्र– वार्षिक बजेटबाहेकको खर्च विवरण पेस गर्नू 

0 79

Advertisement

०७ असाेज, काठमाडौं । निर्वाचन आयोगले अर्थमन्त्रालयलाई वार्षिक बजेटभन्दा पृथक हुने गरी भए/गरेका खर्च विवरण बुझाउन २४ घण्टे पत्र काटेको छ। शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त पत्र काटेको हो।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मिति २०७९ साल मंसीर ४ गते हुने गरी निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट मिति घोषणा भइसकेको अवस्थामा संघीय व्यवस्थापिका संसद्‌बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने हुन्छ,’ आयोगले भनेको छ, ‘निर्वाचनको मिति तोकिइ निर्वाचन कार्यक्रमहरु कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसद्‌बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजनाहरु सिर्जना गरी कार्यक्रमहरुसमेत तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट रकमान्तर निकासा र स्रोत निश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको छ।’

निर्वाचनलाई लक्षित गरी बजेट रकमान्तर गर्ने र निर्वाचनकै निस्पक्षतामा असर पर्ने हुँदा आयोगले उक्त पत्र काटेको उल्लेख गरेको छ।

‘नेपाल सरकारबाट मिति २०७९/४/१९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिएपश्चात व्यवस्थापिका संसद्‌बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के–कति रकम कुन–कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ/छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन गरिएको छ’, आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.