Advertisement

तरेली साहित्य प्रतिष्ठानद्वारा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना

0 273

Advertisement

०३ असाेज, काठमाडाैं । यस तरेली साहित्य प्रतिष्ठानको ८७ औं श्रृंखला ०७९ असोज १ गते शनिबार मिनिल्याण्ड मा . वि . थलीमा सम्पन्न भयो । तरेली साहित्य प्रतिष्ठानद्वारा मिनिल्याण्ड मा. विको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता भएको थियो ।

श्री केशव घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि कल्पतरू द्वैमासिक पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना’ हुनुहुन्थ्यो ।अन्य अतिथिहरूमा मिनिल्याण्ड वि. व्य. स. अध्यक्ष जयराम वाग्ले प्रिन्सिपल मणिराम वाग्ले र मनोज वाग्ले हुनुहुन्थ्यो । सत्ताइस जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमश: कक्षा नौका छात्र उज्वल चौंलागाईं, कक्षा दसकी छात्रा सेविका पुडासैनी तथा कक्षा सातकी छात्रा समृद्धि चौंलागाईँ र कक्षा आठकी छात्रा अनुषा श्रेष्ठ र कक्षा छकी छात्रा रूबिका भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत हुनेहरू मध्ये प्रथमलाई रू. १५००/ , द्वितीयलाई १०००/, तृतीयलाई ५००/ र सान्त्वनालाई १००/ नगदका साथ प्रमाणपत्र, मेडल र पुस्तक प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा रेहित सैंजु र लख्खु सिंह हुनुहुन्थ्यो ।

कार्यक्रममा साहित्यकार राजेन्द्र श्रेष्ठ, राजेशमान के. सी., रमेश भट्टराई ‘पुजारी’, न्हुच्छेनारायण श्रेष्ठ, लामा तेज योञ्जन, विष्णु थापा, लक्ष्मीप्रसाद तिवारी, विकल त्यागी, उमेश तिमिल्सिना, ईच्छाराम थापा, राजन खतिवडा, गोकर्णराज खड्का, महेशकुमार वाग्ले, रेहित सैँजु, लख्खु सिंह, नवराज पुडासैनी ‘ज्योत्सना’, कान्छाप्रसाद तिवारी र केशवप्रसाद घिमिरे तथा विद्यार्थीहरू नमूना बस्नेत, मन्दिरा गिरी, दिया श्रेष्ठ, मनिष चौलागाईं, उज्वल चौलागाईं, प्रशान्त अधिकारी, आरुषी खतिवडा, अनुपा श्रेष्ठ, अनुषा दंगाल, समृद्धि पौडेल, सेविका पुडासैनी, अर्पण डोटेल, गौरव लिम्बु, रिया तिमल्सिना, समृद्धि चौलागाईं, एलिना लिम्बु, आदित्य ढुंगेल, आशिर्वाद पाण्डे, शुभम् खनाल, विविशा दाहाल, रूबिका भट्टराई, रिजन थापा, शिक्षा भुजेल, तेजस सिग्देल, यूनिक सिंखडा, स्पर्श सेढाई र प्रति़क्षा खड्कासहित जम्मा ४५ जनाले आ-आफ्ना रचना वाचन गरेका थिए ।

सचिव कान्छा प्रसाद तिवारीबाट सञ्चालन र महेशकुमार वाग्लेको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा जम्मा ६० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम विजय भास्करद्वारा सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.