Advertisement

गृहले गर्यो काठमाडौं, ललितपुर सहित १२ जिल्लाका सिडिओको सरुवा, को-कता ?

0 111

Advertisement

२३ भदाै, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, ललितपुर सहित १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हरुको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ । काठमाडौमा आएका उपाध्याय सुधारक प्रमुख जिल्ला अधिकारीको रुपमा चिनिन्छन् । काठमाडौबाट गृह मन्त्रालयमा सरुवा गरिएका रिजालले पनि विभिन्न सुधारका कार्य गरेका थिए ।

यस्तै ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ । आचार्य पनि सुधारक प्रशासकको रुपमा चिनिन्छन् ।

यसै गरी कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ भने जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी लाई पठाइएको छ ।

मन्त्रालय का अनुसार दैलेखको प्रजिअमा सञ्चार तथा सुचना विभागका महानिर्देशक गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यसैगरि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

यसै गरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.